काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अबदेखि शुक्रबार पनि सेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको छ । नेप्से सञ्चालक समितिको आइतबार बसेको बैठकले साताको पाँचौँ दिन शुक्रबार पनि बजार खुला गर्ने निर्णय लिएको हो ।
सरकारले इन्धन खपत कम गर्ने उद्देश्यले सातामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेप्सेले आफ्नो कारोबार तालिकामा परिमार्जन गरेको छ । नयाँ व्यवस्थाअनुसार अब आइतबार सेयर बजार बन्द रहनेछ भने शुक्रबार नियमित कारोबार सञ्चालन हुनेछ ।
यसअघि सेयर बजार आइतबारदेखि बिहीबारसम्म मात्र खुल्ने गरेको थियो। सरकारको बिदा सम्बन्धी नयाँ नीतिका कारण लगानीकर्ताको हित र बजारको सक्रियतालाई ध्यानमा राख्दै नेप्सेले शुक्रबारलाई कार्यदिनका रूपमा थप गरेको हो ।