काठमाडौँ । कालंगा हाइड्रो लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ लाख ५० हजार कित्ता साधारण शेयर जारी गरेको थियो। उक्त आईपीओमा ८४ हजार ३०८ जना योग्य आवेदकबाट ११ लाख ३० हजारभन्दा बढी कित्ताका लागि आवेदन परेको थियो ।
मागभन्दा ३.२३ गुणा बढी आवेदन परेपछि कम्पनीले गोलाप्रथाबाट शेयर बाँडफाँट गरेको हो । जसअनुसार ३५ हजार आवेदकले प्रतिव्यक्ति १० कित्ताका दरले शेयर पाएका छन् ।
उक्त आईपीओ चैत १० देखि १५ गतेसम्म खुला गरिएको थियो। निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले आफ्नो नतिजा बिक्री प्रबन्धकको वेबसाइट, मेरोसेयर खाता तथा सीडीएस एन्ड क्लियरिङको आईपीओ रिजल्ट पोर्टलमार्फत हेर्न सक्नेछन् ।