हिलोरा हिल्स रिसोर्टले ४० करोडको आईपीओ ल्याउने, लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक

काठमाडौँ । भक्तपुरमा सञ्चालित हिलोरा हिल्स रिसोर्ट लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (IPO) निष्कासन गर्ने भएको छ । रिसोर्टले १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो ।

कुल ४० करोड रुपैयाँ बराबरको शेयर निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ ।

सम्झौतामा हस्ताक्षर

बिहीबार नयाँ बानेश्वरस्थित लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा हिलोरा हिल्स रिसोर्टको तर्फबाट सञ्चालक इ. दिप विक्रम विष्ट र लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरे ।

यो सम्झौतासँगै रिसोर्टले निकट भविष्यमा आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउनेछ।

रिसोर्टको विशेषता

भक्तपुरको प्राकृतिक सौन्दर्य र काठमाडौँ उपत्यकाको मनोरम दृश्य देखिने गरी पहाडको काखमा निर्माण गरिएको यस रिसोर्टका मुख्य विशेषताहरू यस प्रकार छन्:

पूर्वाधार: १०० भन्दा बढी सुविधासम्पन्न र अत्याधुनिक कोठाहरू।

सुविधाहरू: स्काई भ्यू रेस्टुरेन्ट, इन्डोर स्विमिङ पुल र आकर्षक पिकनिक स्पट।

क्षमता: १५०० देखि २००० व्यक्ति अटाउने ठुला सभा, सम्मेलन तथा भोजका लागि उपयुक्त हलहरू।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै