काठमाडौँ । याम्बलिङ्ग हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको प्राथमिक सेयर (IPO) बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज बिहान एक कार्यक्रमकाबीच सेयर बाँडफाँड गरेको हो।
कम्पनीले गत चैत्र ८ गतेदेखि ११ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कुल २ लाख १० हजार कित्ता सेयर निष्कासन गरेको थियो । कम्पनीले कुल २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्काशन गर्ने छ । अब कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ बिक्रीमा ल्याउनेछ ।
बाँडफाँडको विस्तृत विवरण:
कुल आवेदक: ८३ हजार ४२० जनाले आवेदन दिएकोमा ८३ हजार ३९६ जनाको आवेदन मात्र योग्य ठहरिएको छ।
गोलाप्रथा: मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट भाग्यमानी २१ हजार जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् ।
हात खाली: योग्य आवेदकमध्ये ६२ हजार ३९६ जनाको हात खाली भएको क्यापिटलले जनाएको छ।
यस कम्पनीले सिन्धुपाल्चोकमा ७.२७१ मेगावाट क्षमताको याम्बलिङ्ग खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० फागुन ८ देखि विद्युत उत्पादन गरिरहेको छ ।
यस कम्पनीकी अध्यक्ष इन्द्र माया तामाङ हुन्। अन्य संचालकमा उदीधाम बहादुर देवकोटा, नर हांङ राई, समय कर्माचार्य, रोशन शाह, र सशीराज श्रेष्ठ रहेका छन् ।