सालमनीदेवी हाइड्रोको आईपीओ निष्कासनका लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक नियुक्त

काठमाडौँ । सालमनीदेवी हाइड्रोपावर लिमिटेडले सर्वसाधारण तथा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण सेयर (IPO) निष्कासन गर्न लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

सेयर निष्कासनसम्बन्धी सम्झौतापत्रमा सालमनीदेवी हाइड्रोपावरका तर्फबाट सञ्चालक परेश दाहाल र लक्ष्मी सन्राइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

१७ लाख कित्ता सेयर निष्कासन हुने

कम्पनीले कुल १७ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको छ। जसमध्ये:

आयोजना प्रभावितका लागि: अंकित मूल्य १०० रुपैयाँका दरले ८ लाख ५० हजार कित्ता।

सर्वसाधारणका लागि: अंकित मूल्य १०० रुपैयाँका दरले ८ लाख ५० हजार कित्ता।

आयोजनाको विवरण

सालमनीदेवी हाइड्रोपावर लिमिटेडले डोटी जिल्लामा ३.३३ मेगावाट क्षमताको कापडीगाड जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिसकेको छ । यस आयोजनाले २०७६ सालदेखि नै व्यावसायिक रूपमा विद्युत् उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै