पिपुल्स पावरको नवौँ वार्षिक साधारणसभा चैत २९ मा, चैत १६ गते ‘बुकक्लोज’

काठमाडौँ । पिपुल्स पावर लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत २९ गते आइतबार साधारणसभा गर्ने निर्णय गरेको हो ।

सभा काठमाडौँको टोखा नगरपालिका–८, जाल्पाचोकस्थित पारिजात पार्टी प्यालेसमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

साधारण सभाका मुख्य एजेण्डाहरू:

वित्तीय प्रतिवेदन पारित: आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने ।

लेखापरीक्षक नियुक्ति: चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने ।

विविध प्रस्ताव: कम्पनीको कार्यालय ठाउँसारी गर्ने र संस्थागत सुशासनसम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने लगायतका प्रस्तावहरूमाथि छलफल गर्ने ।

बुकक्लोज (Book Close)

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १६ गते सोमबार एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द (Book Close) गर्ने निर्णय गरेको छ ।

यसअनुसार चैत १५ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र उक्त साधारणसभामा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै