भुजुङ हाइड्रोको आईपीओ सूचीकृत, आइतबारबाट कारोबार

काठमाडौँ । भुजुङ हाइड्रोपावर लिमिटेडको १ करोड कित्ता साधारण शेयर नेप्सेमा आज बिहीबार नेपाल स्छटक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीले सर्वसाधारणलाई बिक्री गरेको २० लाख कित्ता आईपीओ र कम्पनीका संस्थापक शेयरधनीहरुको ८० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत भएसँगै आगामी आइतबारदेखि उक्त कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुनेछ । नेप्सेले कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि सुरुवाती मूल्य न्यूनतम रु। ९०.०४ देखि २७०. १२ रुपैयाँसम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै