काठमाडौँ । शेयर बजारमा बिहीबार ठूलो करेक्सन आएको छ । सोमबार तीन पटकसम्म सकारात्मक सर्किट लागेर एक मिनेट अगावै बन्द भएको शेयर बजार आज मंगलबार भने खुलेदेखि नै घट्न थालेको हो ।
दिउँसो पौने २ बजेसम्ममा नेप्से ५५५ अंकले घटेर २८२२ दशमलव ८७ अंकमा झरेको छ । यस अवधिमा ३ करोड ९१ लाख कित्ता शेयर १५ अर्ब ९८ करोड ९२ लाख रुपैयाँ बराबरको धितोपत्र किनबेच भएको छ ।
यस अवधिसम्ममा रिलायन्स स्पीनिङ्ग मिल्स र सालपा विकास बैंकको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । उता चिरख्खा हाइड्रोपावरको ६.२५ प्रतिशत र मितेरी डेभलपमेन्ट बैंकको शेयर मूल्य ५.८७ प्रतिशतले घटेको छ ।
यस अवधिसम्ममा ७० करोड ७५ लाख रुपैयाँको कारोबार हुँदा आँखुखोला जलविद्युत्त कम्पनीको ४८ करोड ५ लाख र रिडी हाइड्रोपावरको ४० करोड १२ लाखको कारोबार भएको छ ।