काठमाडौँ । सुपर खुदी हाइड्रोपावर लिमिटेडको आइपीओ आइतबार बाँडफाँड हुने भएको छ।
कम्पनीले आम सर्वसाधारणलाई निष्काशन गरेको साधारण शेयर फागुन १७ गते आइतबार बिहान शेयर बाँडफाँड गर्न लागेको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएको हो ।
कम्पनीले फागुन ५ गतेदेखि फागुन ११ गतेसम्म सर्वसाधारणलाई १२ लाख ८६ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो। नेपाल धितोपत्र बोर्डले पुस ६ गते गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो।
यस कम्पनीले लमजुंगमा २६ मेगावाट क्षमताको अपर खुदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको भौतिक प्रगति ८३.३० प्रतिशत रहेको छ।
यस कम्पनी अध्यक्ष चेतन प्रधान हुन् भने अन्य सञ्चालकमा गणेश कार्की, बटु लामिछाने, निभिता प्रधान, र स्वतन्त्र संचालकमा दल बहादुर विष्ट रहेका छन् ।