नेप्से २७.५६ अंकले घट्यो: सबै उपसमूह राताम्मे, साढे ६ अर्बको कारोबार

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार पूँजी बजारमा उल्लेख्य गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.५९ अंक (१.०४%) ले ओरालो लागेर २६१४.५५ विन्दुमा खुम्चिएको छ ।

बजार घटे पनि कारोबार रकममा भने उत्साह कायमै देखिएको छ । आइतबार ३२४ कम्पनीका १ करोड ५९ लाख ८९ हजार ४३० कित्ता शेयर ६ अर्ब ६९ करोड ९७ लाख २१ हजार रुपैयाँमा किनबेच भएको छ ।

बजारको मुख्य अवस्था:

सेन्सेटिभ इन्डेक्स: ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ३.२७ अंकले घटेर ४४९.३९ विन्दुमा झरेको छ।

समूहगत परिसूचक: आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचक राताम्मे बनेका छन्। सबैभन्दा बढी व्यापार समूहको सूचक ३.५९ प्रतिशतले घटेको छ भने जलविद्युत् समूह १.८१ प्रतिशत र विकास बैंक १.४१ प्रतिशतले ओरालो लागेको छ।

विजेता र गुमाउनेहरू: बजार राताम्मे हुँदा पनि साल्पा विकास बैंकको शेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । यस्तै, रिलायन्स स्पिनिङ मिल्सको मूल्य ९.२६ प्रतिशतले बढेको छ । अर्कातर्फ, बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा बढी ८.९२ प्रतिशतले घटेको छ ।

सर्वाधिक कारोबार भएका कम्पनीहरू:

आँखुखोला जलविद्युत्- ६३ करोड ४२ लाख

रिडी पावर-३७ करोड ६० लाख

एसवाइ प्यानल- ३१ करोड ७७ लाख

ङादी ग्रुप पावर- १९ करोड ४१ लाख

राद्यी विद्युत- कम्पनी १७ करोड ९८ लाख

आइतबार कुल २२० कम्पनीको शेयर मूल्य घट्दा जम्मा ३४ कम्पनीको मूल्यमा वृद्धि भएको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ । दिनभर उतारचढाव देखिएको बजारमा अन्तिम समयतिर विक्रेताको चाप बढी देखिएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै