नेप्सेमा एकैदिन तीन कम्पनीको बोनस सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एकैदिन तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार कृषि विकास बैंक, शिवम् सिमेन्ट लिमिटेड र आशा लघुवित्तको बोनस शेयर सूचीकृत भएको हो ।

कृषि विकास बैंकको चूक्ता पुँजीको ३.२५ प्रतिशत दरले हुन आउने कुल ४५ लाख २ हजार ९४७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

त्यस्तै, शिवम् सिमेन्ट्सको चूक्ता पुँजीको २.५ प्रतिशतको कुल १३ लाख ६४ हजार २०२ कित्ता बोनस शेयर सूचीकृत भएको छ । साथै आशा लघुवित्तको चूक्ता पुँजीको ९.५ प्रतिशत दरको कुल ९ लाख ९६ हजार ३९३ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

यसबीचमा बुधबार र बिहीबार सावजनिक विदा परेकाले मंगलबार सूचीकृत बोनस शेयर आगामी आइतबार (फागुन १० गते) देखि  दोस्रो बजारमा कारोबारमा आउनेछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै