सूर्यकुण्ड हाइड्रोको आईपीओ आज बाँडफाँड हुँदै

काठमाडौँ । अपि पावरको लगानी रहेको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले निष्काशन गरेको आईपीओ आज मंगलबार बाँडफाँड हुँदै छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलले आज बिहान शेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।

कम्पनीले माघ १८ गतेदेखि माघ २१ गतेसम्म आम सर्वसाधारणलाई ५ लाख ७२ हजार ४३१ कित्ता शेयर निष्काशन गरेको थियो।

कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थ्यनिय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ । नेपाल धितोपत्र बोर्डले मङ्सिर २५ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।

यस कम्पनीले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि गत साउन देखि नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गर्दै आएको छ । यस कम्पनीमा अपि पावर कम्पनी लिमिटेडको बहुमत सेयर लगानी रहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै