नेप्सेमा रिलायन्स स्पिनिङ मिल्सको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज रिलायन्स स्पिनिङ मिल्सको शेयर सूचीकृत भएको छ । शुक्रबार कम्पनीको १ करोड ९० लाख कित्ता शेयर सूचीकृत भएको हो ।

शेयर सूचीकृत भएपछि आगामी सोमबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने छ । सोमबारको स्पेसल प्रि-ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको रेन्ज तोकेको छ । यस रेन्जबीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ। कम्पनीको शेयर (RSML) सिम्बलबाट कारोबार हुने छ ।

कम्पनीले बुक विल्डिङ विधिबाट प्रति कित्ता ८२० रुपैयाँ ८० पैसाको दरले आईपीओ निष्काशन गरेको थियो । यो कम्पनी धागो उत्पादन गर्ने नेपालकै ठूलो उद्योग हो । कम्पनीले उत्पादन गर्ने ७० प्रतिशत धागो विदेशमा निर्यात हुँदै आएको छ ।

सम्बन्धित समाचारहरुः

रिलायन्स स्पिनिङ्ग मिल्सको नाफा २७% ले घट्यो

रिलायन्स स्पिनिङ मिल्सको सूचीकरणमा ढिलाइ: नेप्से नेतृत्वको भूमिका र मूल्य निर्धारणमा प्रश्न

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै