अप्पर रिचेत हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग

काठमाडौँ । अप्पर रिचेत हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ)  निष्कासन गर्ने भएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा कम्पनीले आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

यस सम्बन्धमा माघ २६ गते दुई संस्थाबीच औपचारिक सम्झौता भएको छ । सम्झौता पत्रमा हाइड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष आनन्द प्रधान र आरविवि मर्चेन्ट बैंकिङ्गका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।

दुई मेगावाट क्षमताको कम्पनीले आफ्नो ४० करोड रुपैयाँ चुक्ता पुँजीको २० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी गरेको छ । आईपीओ प्रक्रियाका लागि कम्पनीले पब्लिक लिमिटेडमा रूपान्तरण हुने र क्रेडिट रेटिङको कार्यलाई समेत अगाडि बढाइसकेको जानकारी दिएको छ ।

गोरखा जिल्लाको धार्चे गाउँपालिका ९साविक धार्चे गाविस० मा अवस्थित यस आयोजनाले २०८१ भदौदेखि नै व्यावसायिक विद्युत उत्पादन सुरु गरिसकेको छ । कम्पनीले आगामी साउन वा भदौ महिनाभित्र आईपीओ निष्कासन गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै