काठमाडौँ । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड सम्पन्न गरेको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले मंगलबार बिहान ९ बजे आईपीओ बाँडफाँड गरेको हो ।
आईपीओ बाँडफाँडमा ८३ हजार जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् भने अन्य सबै आवेदकको हात रित्तो भएको छ । मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथामार्फत बाँडफाँड गरिएको हो ।
म्पनीले माघ १२ गतेदेखि माघ १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ८ लाख ३० हजार कित्ता आईपीओ निष्काशन गरेको थियो । आईपीओमा २५ लाख ७९ हजार ९२० जनाको आवेदन परेकोमा २५ लाख ३९ हजार ८९२ जनाको आवेदन योग्य ठहरिएको छ भने बाँकी आवेदन रद्द भएका छन् ।
भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँड
यसरी हेर्नुस् नतिजा
सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट:- https://iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको वेबसाइट:- https://kumaricapital.com/share-details
मेरो सेयरबाट:- https://meroshare.cdsc.com.np/#/login