भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँड

काठमाडौँ । भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले बिहान ९ बजे आईपीओ बाँडफाँड गरेको हो ।

आईपीओ बाँडफाँडमा ८३ हजार जनालाई ‘लक्की ड्र’ बाट १०-१० कित्ता शेयर पाएका छन् । जस अनुसार  योग्य आवेदकमध्ये नै २४ लाख ५६ हजार ८९२ जना लगानीकर्ताको हात खाली भएको छ ।

माघ १२ गतेदेखि १५ गतेसम्म खुला गरिएको आईपीओ २ करोड ८४ लाख ४१ हजार ६८० कित्ता शेयरका लागि २५ लाख ७९ हजार ९२० जना लगानीकर्ताले आवेदन दिएका थिए । कुल आवेदकमध्ये ४० हजार २८ आवेनबाट प्राप्त भएको ४ लाख ७३ हजार ८३० कित्ताको माग रद्द भएको छ ।

कुल आवेदकमध्ये २ करोड ७९ लाख ६७ हजार ८५० कित्ता शेयरका लागि २५ लाख ३९ हजार ८९२ जना लगानीकर्ताको आवेदन सदर भई बाँडफाँडमा सहभागि गराइएको थियो ।

कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये कम्पनीले १० लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र १ लाख कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ ।

कम्पनीले दोस्रो चरणमा कर्मचारीहरुका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषहरुका लागि ५० हजार कित्ता शेयर सुरक्षित राखी बाँकी रहेको ८ करोड ३० लाख रुपैयाँबराबरको ८ लाख ३० हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग सिंगल बी प्लस प्रदान गरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै