काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १०.२५ अंकले घटेर २६९७.०७ को विन्दुमा कायम भएको छ ।
आज दिनभरिमा ३३० कम्पनीको २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ६५ करोड ९७ लाखको सेयर कारोबार भएको छ । आज ८५ कम्पनीको सेयर मूल्य बढ्दा १६८ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज सुपर मादी हाइड्रोपावरको सर्वाधिक ५६ करोड ३ लाख रुपैयाँ माथिको कारोबार भएको छ । दोस्रोमा अंखु खोला जलविद्युतको ५१ करोड ४९ लाख रुपैयाँ र तेस्रोमा रिडी पावरको ४७ करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन सुपरमाई हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, रिदी पावरका लगानीकर्ताले ९.९८ प्रतिशत र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् ।
कालिञ्चोक दर्शनका लगानीकर्ताले आज सर्वाधिक ८.९१ प्रतिशतका दरले गुमाएका छन् ।