वित्तीय खर्च घट्दा मकर जितुमाया सुरीको नाफा सामान्य बढ्यो

काठमाडौँ ।  मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको नाफामा सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.४१ प्रतिशतले नाफा बढेको हो ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ८ करोड १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । विद्युत बिक्री आम्दानी सामान्य बढेको र वित्तीय खर्च घटेका कारण कम्पनीको नाफामा सामान्य सुधार देखिएको हो ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २.६८ प्रतिशत बढेको छ । समीक्षा अवधिमा कम्पनीको कुल नाफा २.५६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २.५८ प्रतिशत घटेको छ ।

त्यस्तै, कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा ९.१८ प्रतिशत घटेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ८ पैसा बढेर २१ रुपैयाँ ६ पैसा पुगेको छ ।

पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ८५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४९.३१ गुणा रहेको छ ।

चुक्ता पुँजी रहेको ७६ करोड रुपैयाँ कम्पनीको रिटेन्ड अर्निङ्ग ११ करोड २८ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै