काठमाडौँ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद बिक्रीको अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्डले माघ २१ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो। कम्पनीले गत फागुन १२ गते बोर्डमा आवेदन दिएको थियो।
कम्पनीले १:१ को अनुपातमा हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति पाएको हो। अब कम्पनीले ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।
शेयर निष्काशनको लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ।