आईपीओ निष्कासनको अनुमति माग्दै ३ कम्पनी पुगे धितोपत्र बोर्ड: कुनको कति कित्ता?

काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा प्राथमिक शेयर (आईपीओ) निष्कासनको अनुमति माग गर्दै थप तीनवटा कम्पनीले आवेदन दिएका छन्। माघ २० गते आवेदन दिनेहरूमा होटल, उत्पादन र औद्योगिक क्षेत्रका कम्पनीहरू रहेका छन्।

१. होटल इच्छा लिमिटेड

मधेस प्रदेशको सिमरामा सञ्चालित पहिलो पाँचतारे ‘होटल इच्छा’ ले सर्वसाधारणका लागि आईपीओ ल्याउने प्रक्रिया अघि बढाएको छ।

शेयर संख्या: ३५ लाख कित्ता

कुल रकम: ३५ करोड रुपैयाँ

बिक्री प्रबन्धक: हिमालयन क्यापिटल

२. एशियन ब्याट्रीज लिमिटेड

सवारी साधन, ई-रिक्सा र सोलारका लागि ब्याट्री उत्पादन गर्दै आएको यो कम्पनीले पनि आईपीओका लागि बोर्डमा निवेदन दिएको छ। कम्पनीको उत्पादन केन्द्र मोरङको बुढीगंगामा रहेको छ।

शेयर संख्या: १३ लाख कित्ता

कुल रकम: १३ करोड रुपैयाँ

बिक्री प्रबन्धक: हिमालयन क्यापिटल

३. हुलास आइरन एण्ड इन्डस्ट्रीज लिमिटेड (प्रिमियम मूल्यमा)

हुलास ग्रुप अन्तर्गतको यस कम्पनीले अंकित मूल्यमा प्रिमियम थप गरेर महँगो मूल्यमा आईपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको छ।

शेयर संख्या: ७ लाख ५० हजार कित्ता

प्रिमियम मूल्य: २२५ रुपैयाँ प्रति कित्ता

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै