कालिन्चोक हाइड्रोपावरले पायो आईपीओ निष्काशनको अनुमति

काठमाडौँ । कालिन्चोक हाइड्रोपावरले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज सोमबार कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।

यस कम्पनीले अब १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि आरविवि मर्चेन्ट बिक्री प्रबन्धक रहेको छ।

यस कम्पनीले दोलखामा ५ मेगावाट क्षमताको सोरुन खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै