स्नो रिभर्सले पौने १९ करोडको आईपीओ ल्याउँदै, पायो बिक्री अनुमति

काठमाडौँ । स्नो रिभर्स लिमिटेडले पौने १९ करोड रुपैयाँको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइतबार (माघ १८ गते) नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आईपीओ निष्काशनको अनुमति पाएको हो ।

कम्पनीले सेबोनबाट अनुमति पाएसँगै कम्पनीले १०० रुपैयाँ अंकित दरका १८ करोड ७५ लाख १८ लाख रुपैयाँ मूल्यका ७५ हजार कित्ता शेयर निष्कासन गर्ने छ ।

आईपीओ निष्काशनका लागि कम्पनीले यसअघि नै सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

कम्पनीले ताप्लेजुङमा १३.५० मेगावाट क्षमताको सुपर काबेली खोला ए जलविद्युत आयोजना निर्माण गरी २०८१ पुस ५ गतेदेखि विद्युत उत्पादन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै