काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार धितोपत्र बजार परिसूचक (नेप्से) मा सामान्य सुधार आएको छ। अघिल्लो दिन ४२ अङ्कले घटेको बजार आज ५.३८ अङ्क (०.१९ प्रतिशत) ले बढेर २,७३१.८९ विन्दुमा पुगेर रोकिएको छ । यद्यपि, ठूला कम्पनीहरूको मापक ‘सेन्सेटिभ इन्डेक्स’ भने आज ०.१९ अङ्कले घटेर ४६४.२६ विन्दुमा झरेको छ ।
कारोबार विवरण नेप्सेमा सामान्य सुधार आए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । आज ३३४ कम्पनीका २ करोड ३६ लाख १८ हजार १८६ कित्ता शेयर १ लाख २१ हजार ९९२ पटक किनबेच हुँदा कुल ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार १८५ रुपैयाँ बराबरको कारोबार भयो। मंगलबार १४ अर्ब १६ करोड रुपैयाँको कारोबार भएको थियो।
समूहगत अवस्था आज कारोबार भएका १३ उपसमूहमध्ये ८ वटाको सूचक बढ्दा ५ वटाको घटेको छ:
बढ्ने समूह:
फाइनान्स (१.३३%), जलविद्युत् (०.९१%), उत्पादन तथा प्रशोधन (०.४१%), अन्य (०.३०%), व्यापार (०.२२%), विकास बैंक (०.१५%), होटेल तथा पर्यटन (०.०९%) र म्युचुअल फन्ड (०.२५%)।
घट्ने समूह:
लगानी (०.१८%), लघुवित्त (०.१३%), वाणिज्य बैंक (०.१०%), जीवन बिमा (०.०९%) र निर्जीवन बिमा (०.०७%)।
धेरै कमाउने र गुमाउने कम्पनी आज बजारमा १४१ कम्पनीको मूल्य बढ्दा ११२ कम्पनीको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रह्यो।
सकारात्मक सर्किट: कर्पोरेट डेभलपमेन्ट बैंक र आँखुखोला जलविद्युत् कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। यस्तै, मिथिला लघुवित्तको शेयर ९.५१ प्रतिशतले बढेको छ।
उच्च गिरावट: गुडविल फाइनान्सको डिबेन्चर २०८३ को मूल्य सबैभन्दा धेरै ८.०७ प्रतिशतले घटेको छ।
उच्च कारोबार आज कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रह्यो । यसको ८३ करोड ५७ लाख ५१ हजार रुपैयाँको शेयर किनबेच भयो । दोस्रोमा राधी विद्युत कम्पनीको ५४ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ ।