साताभर ७३.१८ अंकले बढ्यो नेप्से, कुन दिनको कारोबार कति ?

काठमाडौँ । यस साता नेप्से परिसूचक ७३.१८ अंकले बढेर २७१४.६१ विन्दुमा आईपुगेको छ। गत साता २६४१.४३ विन्दुमा बन्द भएको नेप्से यो साता ७३.१८ अंक बढेर २७१४.६१ विन्दुमा पुगेको हो ।

यस साता चार कारोबार दिन मात्र बजार खुलेको थियो। जसमा तीन कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन घटेको थियो ।

यस साता औसतमा ९ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको कारोबार भएको छ । आइतबार ८ अर्ब ४० करोड २७ लाखको सेयर कारोबार भएकोमा मंगलबार ११ अर्ब ८५ करोड ८४ लाखको कारोबार भयो । यस्तै, बुधबार ८ अर्ब ९२ करोड ३६ लाखको र बिहीबार ९ अर्ब ७ करोड ३९ लाखको सेयर कारोबार भयो ।

साताको पहिलो कारोबार दिन नेप्से ३१.१२ अंकले बढेर २६७२.५५ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३३८ कम्पनीको १ करोड ६६ लाख ११ हजार ४७९ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ४० करोड २७ लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।

साताको दोस्रो कारोबार दिन नेप्से ४२.२६ अंकले बढेर २७१४.८१ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३३९ कम्पनीको २ करोड ५१ लाख ८५ हजार ६४७ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ८५ करोड ८४ लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।

साताको तेस्रो कारोबार दिन नेप्से ९.४३ अंकले बढेर २७०५.३८ को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३२४ कम्पनीको २ करोड १६ लाख ४१ हजार ८८३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९२ करोड ३६ लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।

साताको चौथो अर्थात् अन्तिम कारोबार दिन नेप्से ९.२३ अंकले बढेर २७१४.६१ को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३३२ कम्पनीको १ करोड ९० लाख ७५ हजार ७५६ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ७ करोड ३९ लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै