माछापुच्छ्रे क्यापिटल र सुपरमाई हाईड्रोपावरबीच सेयर रजिष्ट्रार सेवा सम्बन्धी सम्झौता

काठमाडौँ । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा सुपरमाई हाईड्रोपावर लिमिटेडबीच सुपरमाई हाईड्रोपावर लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, टुक्रयाउने लगायत शेयरवालाको लगत अद्यावधिक राख्ने तथा रजिष्ट्रार सम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्न मिति २०८२ फागुन १ गते देखि लागु हुने गरी मिति २०८२ माघ ८ गतेका दिन सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

सम्झौता समारोहमा माछापुच्छ्रे« क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र सुपरमाई हाईड्रोपावर लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रबि पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेक छन् ।

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी ९मर्चेन्ट बैंकर० कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, निष्काशन तथा बिक्रि प्रबन्धक, शेयर रजिष्ट्रार तथा सामूहिक लगानी कोष सेवा प्रदान गर्दैै आईरहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै