सिनर्जी पावरको साधारण सभामा लफडा: गणपूरक संख्या नपुगेपछि दोस्रो पटक पनि स्थगित

काठमाडौँ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको १८औं र १९औं वार्षिक साधारण सभा विवादका बीच दोस्रो पटक पनि स्थगित भएको छ। बिहीबार काठमाडौंको आम्रपाली ब्याङ्क्वेटमा बोलाइएको सभामा गणपूरक संख्या नपुगेको भन्दै स्थगित गरिएको हो।

यसअघि पुस २८ गतेका लागि आह्वान गरिएको सभा पनि संख्या नपुगेकै कारण रोकिएको थियो।

विवादको मुख्य कारण कम्पनीको नयाँ सञ्चालक समिति निर्वाचन गर्ने कार्यतालिका रहेको यस सभामा निर्वाचन अधिकृतले ‘प्रोक्सी’ (प्रतिनिधि) को विवरण सार्वजनिक नगरेपछि शेयरधनीहरू रुष्ट भएका थिए। प्रोक्सी विवरणमा पारदर्शिता नभएको भन्दै लगानीकर्ताहरूबीच विवाद उत्पन्न भएपछि सभामा तनावपूर्ण स्थिति सिर्जना भएको थियो।

सञ्चालकहरूको अनुपस्थिति सभामा सहभागी लगानीकर्ताहरूले हाल कायम सञ्चालक समितिका पदाधिकारीहरू नै अनुपस्थित रहेको आरोप लगाएका छन्। “निर्वाचन र साधारण सभा जस्तो महत्त्वपूर्ण कार्यक्रममा सञ्चालकहरू नै नआउनु र निर्वाचन प्रक्रिया पारदर्शी नहुनुले कम्पनीको नियतमा शंका उब्जाएको छ,” एक शेयरधनीले आक्रोश व्यक्त गरे।

सभाले स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने र नयाँ सञ्चालक समिति गठन गर्ने मुख्य एजेण्डा तय गरेको थियो। तर, व्यवस्थापकीय कमजोरी र लगानीकर्ताको विरोधका कारण सभा औपचारिक प्रक्रियामा प्रवेश नै नगरी टुङ्गिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै