होटल फरेष्ट इनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ । होटल फरेष्ट इन लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज माघ ८ गते अन्तिम दिन हो। कम्पनीले माघ ४ गतेदेखि यो निष्काशन खुला गरेको थियो।

कति कित्ता शेयर ?

कम्पनीले आफ्नो कुल जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत (४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता) शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । सोही अनुमति बमोजिम, कुल निष्काशनको १० प्रतिशत अर्थात् ४ लाख कित्ता साधारण शेयर श्रम स्वीकृति प्राप्त गरी विदेशमा रहेका नेपालीहरूका लागि बिक्री खुला गरिएको हो ।

लगानी  प्रक्रिया

इच्छुक लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र ‘मेरो शेयर’ मार्फत अनलाइन आवेदन दिन सकिनेछ।

कस्तो छ कम्पनीको वित्तीय अवस्था ?

क्रेडिट रेटिङ्ग: इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई ‘आइआरएन डबल बी माइनस’ (IRN BB-) रेटिङ्ग दिएको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

परियोजना लागत: कम्पनीले सञ्चालन गरेको होटल आयोजनाको कुल लागत ३ अर्ब ४८ करोड २१ लाख १५ हजार रुपैयाँ रहेको छ।

लगानी फिर्ता अवधि: आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि (Payback Period) १०.८६ वर्ष र डिस्काउण्टेड लगानी फिर्ता अवधि १५.३३ वर्ष प्रक्षेपण गरिएको छ।

यस शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एशिया क्यापिटल लिमिटेडले सम्हालेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै