सुपर खुदी हाइड्रोको आईपीओ बाँडफाँड: वैदेशिक रोजगारीमा रहेका १५,५०० जनाले पाए १० कित्ता सेयर

काठमाडौँ । सुपर खुदी हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ। बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आइतबार (हिजो) एक कार्यक्रमका बीच सेयर बाँडफाँड गरेको हो।

कम्पनीले पुस २२ गतेदेखि २५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कुल १ लाख ५५ हजार कित्ता सेयर निष्कासन गरेको थियो।

बाँडफाँडको विवरण:

कुल आवेदक: ७१ हजार ७२० जना।

योग्य आवेदक: ७१ हजार ६९७ जना।

सेयर पाउने भाग्यशाली आवेदक: १५ हजार ५०० जना (गोलाप्रथाबाट प्रत्येकलाई १० कित्ता)।

हात खाली हुने आवेदक: ५६ हजार १९७ जना।

आयोजनाको अवस्था र व्यवस्थापन लमजुङमा २६ मेगावाट क्षमताको ‘अपर खुदी जलविद्युत आयोजना’ निर्माण गरिरहेको यस कम्पनीको भौतिक प्रगति हालसम्म ८३.३० प्रतिशत पुगिसकेको छ। कम्पनीको अध्यक्षमा चेतन प्रधान रहेका छन् भने सञ्चालकहरूमा गणेश कार्की, बटु लामिछाने र निभिता प्रधान रहेका छन्। दल बहादुर विष्ट कम्पनीको स्वतन्त्र सञ्चालक हुन्।

कम्पनीले आगामी चरणमा सर्वसाधारणका लागि बाँकी सेयर निष्कासन गर्ने तयारी गरेको छ। धितोपत्र बोर्डले कम्पनीलाई कुल ३१ लाख कित्ता (३१ करोड रुपैयाँ बराबरको) सेयर निष्कासनका लागि अनुमति दिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै