काठमाडौँ । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आगामी माघ १२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (IPO) निष्काशन गर्ने भएको छ ।
स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर निष्काशन गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो ।
शेयर बाँडफाँडको विवरण:
कम्पनीले कुल जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत (२० लाख कित्ता) शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसको विवरण निम्नानुसार छ:
आयोजना प्रभावित स्थानीय: १० लाख कित्ता (निष्काशन भइसकेको)
वैदेशिक रोजगारीमा रहेका नेपाली: १ लाख कित्ता (निष्काशन भइसकेको)
कम्पनीका कर्मचारी: २० हजार कित्ता (सुरक्षित)
सामूहिक लगानी कोष: ५० हजार कित्ता (सुरक्षित)
सर्वसाधारण लगानीकर्ता: ८ लाख ३० हजार कित्ता (अब निष्काशन हुने)
लगानीकर्ताले जान्नैपर्ने कुराहरू:
आवेदन मिति: छिटोमा माघ १५ गते र ढिलोमा माघ २६ गतेसम्म।
आवेदन कित्ता: न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता।
बिक्री प्रबन्धक: कुमारी क्यापिटल लिमिटेड।
रेटिङ:
इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ्ग सिंगल बी प्लस’ प्रदान गरेको छ, जसले लगानीमा उच्च जोखिम रहेको सङ्केत गर्दछ।
आयोजनाको प्राविधिक तथा वित्तीय अवस्था: कम्पनीले लमजुङमा ७.५ मेगावाट क्षमताको माथिल्लो मिदिम जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ।
उत्पादन सुरु: २०८१ वैशाख ६ गतेदेखि।
कुल लागत: १ अर्ब ८० करोड ५८ लाख रुपैयाँ।
प्रतिमेगावाट लागत: २४ करोड ९० लाख रुपैयाँ (औसतभन्दा केही महँगो)।
लगानी फिर्ता हुने अवधि (Payback Period): ९.६५ वर्ष (डिस्काउन्टमा १६.०९ वर्ष)।
कसरी दिने आवेदन ?
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण ‘सी-आस्बा’ (C-ASBA) सदस्य बैंक तथा वित्तीय संस्थाहरू, मेरो शेयर मोबाइल एप र ‘मेरो शेयर’ (Mero Share) को वेवसाइट मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।