काठमाडौँ । यस साता नेप्से परिसूचक १९.६२ अंकले बढेर २६४०.५४ विन्दुमा आईपुगेको छ। गत साता २६२०.९२ विन्दुमा बन्द भएको नेप्से यो साता १९.६२ अंक बढेर २६४०.५४ विन्दुमा पुगेको हो ।
यस साता पाँच कारोबार दिन बजार खुलेको थियो। जसमा दुई कारोबार दिन नेप्से घटेको थियो भने तीन कारोबार दिन बढेको थियो ।
यस साता औसतमा ५ अर्ब ७३ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ । आइतबार ५ अर्ब १ करोड ७५ लाखको सेयर कारोबार भएकोमा सोमबार ६ अर्ब ४७ करोड ३७ लाखको भयो । यस्तै, मंगलबार ७ अर्ब १२ करोड ३३ लाख, बुधबार ५ अर्ब १७ करोड ५० लाख र बिहीबार ४ अर्ब ९० करोड ८० लाखको सेयर कारोबार भयो ।
साताको पहिलो कारोबार दिन नेप्से १०.२९ अंकले घटेर २६१०.६३ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२३ कम्पनीको १ करोड २ लाख ७४ हजार १२६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १ करोड ७५ लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।
साताको दोस्रो कारोबार दिन नेप्से २८.७३ अंकले बढेर २६३९.३७ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३३५ कम्पनीको १ करोड २४ लाख ५९ हजार ९५१ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४७ करोड ३७ लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।
साताको तेस्रो कारोबार दिन नेप्से ९.९३ अंकले बढेर २६४९.३० को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३३४ कम्पनीको १ करोड ४८ लाख ३१ हजार २४१ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १२ करोड ३३ लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।
साताको चौथो कारोबार दिन नेप्से १३.३५ अंकले घटेर २६३५.९४ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२३ कम्पनीको १ करोड ६ लाख ३३ हजार ७१७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १७ करोड ५० लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।
साताको अन्तिम अर्थात् पाँचौं कारोबार दिन नेप्से ४.५९ अंकले बढेर २६४०.५४ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको २८ कम्पनीको १ करोड ४ लाख ३१ हजार ७६० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९० करोड ८० लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।