काठमाडौँ । रिडी पावर कम्पनी लिमिटेडको २४ औं वार्षिक साधारण सभा आज होटल क्रिष्टल पशुपति, गौशाला, काठमाडौंमा सम्पन्न भएको छ ।
कम्पनीको संचालक समितिको अध्यक्ष कुवेरमणी नेपालको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गरेको छ ।
त्यसै सभाले लेखापरीक्षण प्रतिवेदन सहितको आषाढ ३२, २०८२ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गर्ने र कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखा परीक्षकको नियक्ती गर्नुको साथै निजको पारिश्रमिक समेत तोकिएको छ ।
सभाले विशेष प्रस्ताव अन्तरगतको कम्पनीको नियमकारी निकाय विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका नियामक निकायहरुमा कम्पनी अद्यावधिक गर्दा कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक र संसोशन आवश्यक भएमा आवश्यक कार्य गर्न कम्पनीको सञ्चालक समितिलाई अख्तियारी समेत दिएको छ ।
त्यसैगरी सभाले कम्पनीको गाडी, स्क्राप लगायत अन्य शेयर सम्पत्तिहरु बिक्री गर्नु परेमा कम्पनीको सञ्चालक समितिलाई अख्तिारी पनि दिएको छ ।
सञ्चालक समितिका अध्यक्ष नेपालले सभामा बोल्दै कम्पनीको उन्नती र प्रगतिमा निरन्तर अमूल्य सुझाब र सहयोग गर्नुहुने आदरणीय शेयरधनी महानुभावहरु, सञ्चालक समितिका सदस्यहरु एवम् अन्य शुभेच्छुकहरु सवै प्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन् ।
अध्यक्ष नेपालले कम्पनीको २५ औं बार्षिक साधारण सभा भव्यरुपले म मनाउने सभामा बताएका छन् । कम्पनीले गत वर्ष विद्युत विक्रीबाट १३ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।