रिलायन्स स्पिनिङ मिल्सको शेयर डिम्याट गराउन सम्झौता

काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्सले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग सम्झौता भएको छ । पौष २४ गते सिडिएससी, निष्काशनकर्ता कम्पनी तथा शेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटलबीच धितोपत्र अभौतिकीकरण सम्बन्धी सम्झौता भएको हो ।

अब यी शेयर डिम्याट भएपछि सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा आउने छ । त्यसपछि यी शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत हुने छन् । नेप्सेमा शेयर सूचीकृत भएको भोलिपल्टबाट दोस्रो बजारमा शेयर कारोबार गर्न सकिनेछ ।

कम्पनीले हालै मात्रै आईपीओ निष्काशन गरेर बाँडफाँड गरेको थियो । कम्पनीले बुक विल्डिङ विधिबाट प्रति कित्ता ८२० रुपैयाँ ८० पैसाको दरले आईपीओ निष्काशन गरेको हो ।

यो कम्पनी धागो उत्पादन गर्ने नेपालकै ठूलो उद्योग हो । कम्पनीले उत्पादन गर्ने ७० प्रतिशत धागो विदेशमा निर्यात हुँदै आएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै