पाल्पा सिमेन्टको आईपीओ खुल्यो: स्थानीय र वैदेशिक रोजगारीमा रहेकाले आवेदन दिन पाउने

काठमाडौँ । पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले आज (पुस २५ गते) देखि पहिलो चरणको साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि सेयर निष्कासन गरेको हो ।

निष्कासन विवरण:

कम्पनीले जारी पुँजीको निश्चित हिस्सा पहिलो चरणमा बिक्री खुला गरेको हो:

स्थानीयका लागि: आयोजना तथा खानी प्रभावित क्षेत्र पश्चिम नवलपरासी र पाल्पाका बासिन्दाका लागि १८ लाख ७५ हजार कित्ता।

वैदेशिक रोजगारीमा रहेकाहरूका लागि: ५ लाख ६२ हजार ५ सय कित्ता।

आवेदन सीमा र मिति

स्थानीय बासिन्दा: न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन दिने समय छिटोमा माघ ९ गते र ढिलोमा माघ २५ गतेसम्म तोकिएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपाली: न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । यस समूहका लागि आवेदन दिने अन्तिम मिति पुस ३० गतेसम्म रहेको छ ।

यो चरणको निष्कासन सकिएपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गर्नेछ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले लिएको छ ।

कम्पनीको बारेमा

सन् २००९ मा स्थापना भएको पाल्पा सिमेन्टको कारखाना नवलपरासीमा अवस्थित छ। आरएमसी (RMC) ग्रुपको लगानी रहेको यस कम्पनीले ‘तानसेन’ ब्रान्डअन्तर्गत पीपीसी, ओपीसी र पीएससी सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ ।

नेपाल धितोपत्र बोर्डले पुस ९ गते कम्पनीलाई कुल ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै