सूर्यकुण्ड हाइड्रोको वैदेशिक रोजगारीको आईपीओ बाँडफाँड

काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटलले आज शेयर बाँडफाँड गरेको हो।

कम्पनीले पुस ९ गतेदेखि पुस १४ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीलाई  ६८ हजार ९ सय ६७ कित्ता शेयर निष्काशन गरेको थियो।

क्यापिटलका अनुसार यस आईपीओमा ७० हजार ४५७ जनाको आवेदन परेको थियो। जसमध्ये ७० हजार ४४५ जनाको आवेदन मात्र योग्य भएको छ ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जस अनुसार ६ हजार ८ सय ९६ जनाले शेयर पाएका छन्, जस मध्ये ७ जनाले ११ कित्ता शेयर पाएका छन् भने अरुले १० कित्ता शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन्।

कम्पनीले पुस २३ गतेसम्म स्थानीयलाई आईपीओ निष्काशन गर्ने छ । सो आईपीओ बाँडफाँडपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ ।

नेपाल धितोपत्र बोर्डले मङ्सिर २५ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।

कम्पनीले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा  ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि गत साउन देखि नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गर्दै आएको छ ।

यस कम्पनीमा अपि पावर कम्पनी लिमिटेडको बहुमत सेयर लगानी छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै