काठमाडौँ । सेयर बजारमा सूचीकृत ७ वटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने आज (पुस १४ गते सोमबार) अन्तिम दिन रहेको छ। नबिल बैंक, बुटवल पावरसहित विभिन्न लघुवित्त र इन्स्योरेन्स कम्पनीको लाभांश प्राप्त गर्न चाहने लगानीकर्ताले आजै सेयर खरिद गर्नुपर्नेछ।
किन आजै अन्तिम दिन ?
साधारण सभा र लाभांश प्रयोजनका लागि बुटवल पावर कम्पनीले भोलि (पुस १५ गते ) र अन्य ६ कम्पनीले पुस १६ गते ‘बुक क्लोज’ गर्दैछन्। भोलि पुस १५ गते तमु ल्होसारको अवसरमा सार्वजनिक बिदा परेकाले नेप्सेमा कारोबार हुने छैन । त्यसैले आजसम्म कायम रहेका सेयरधनीहरूले मात्र यी कम्पनीको लाभांश र साधारण सभामा भाग लिन पाउनेछन्।
लाभांश र साधारण सभाको विवरण:
| कम्पनीको नाम | बोनस सेयर | नगद लाभांश | कुल लाभांश | साधारण सभा मिति |
| नबिल बैंक | – | १२.५% | १२.५% | पुस २८ |
| छिमेक लघुवित्त | १२.५% | १२.५% | २५% | पुस २९ |
| मिथिला लघुवित्त | १४.२५% | ०.७५% | १५% | पुस ३० |
| डिप्रोक्स लघुवित्त | १०% | ५% | १५% | पुस २८ |
| सपोर्ट लघुवित्त | ९.५% | ०.५% | १०% | पुस ३० |
| बुटवल पावर कम्पनी | – | ६% | ६% | पुस २८ |
| आईजीआई प्रुडेन्सियल | – | ५% | ५% | पुस २४ |
यीमध्ये छिमेक लघुवित्त र मिथिला लघुवित्तले सबैभन्दा बढी लाभांश वितरण गर्दैछन्। धेरैजसो कम्पनीहरूले पुस महिनाभित्रै साधारण सभा सम्पन्न गर्ने गरी बुक क्लोजको मिति तय गरेका हुन् ।