काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत पाँच कम्पनीहरूको लाभांश सुरक्षित गर्ने आज (आइतबार) अन्तिम दिन रहेको छ । यी कम्पनीहरूले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि (पुस १४ गते) ‘बूक क्लोज’ गर्ने निर्णय गरेका छन् ।
यसको अर्थ, आजसम्म नेप्सेमा शेयर खरिद गरी कायम रहेका शेयरधनीहरूले मात्र यी कम्पनीको लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउनेछन् ।
लाभांश विवरण:
| कम्पनीको नाम | बोनस शेयर | नगद लाभांश (कर सहित) | कुल लाभांश |
| सन नेपाल लाइफ | ५% | १५.२६३२% | २०.२६३२% |
| नेपाल इन्स्योरेन्स | – | ६.३१५८% | ६.३१५८% |
| शिखर इन्स्योरेन्स | ६% | ०.३१५८% | ६.३१५८% |
| सिनर्जी पावर | १०% | ०.५२६३% | १०.५२६३% |
| कुथेली बुखरी हाइड्रो | १०% | ०.५२३६% | १०.५२३६% |
लाभांश वितरणको औपचारिक प्रस्ताव पारित गर्न यी कम्पनीहरूले आ-आफ्नो वार्षिक साधारण सभा समेत आह्वान गरिसकेका छन् ।