एनएमबि बैंक र साना किसान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौँ । सेयर बजारमा सूचीकृत दुई ठूला कम्पनीहरू—एनएमबि बैंक र साना किसान विकास लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज (मंगलबार) अन्तिम दिन रहेको छ । यी दुवै संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि अर्थात् पुस ९ गते ‘बुकक्लोज’ गर्दैछन् ।

यसको अर्थ, आज (पुस ८ गते) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहने सेयरधनीहरूले मात्र यी कम्पनीको लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउनेछन् ।

एनएमबि बैंकको साधारण सभा र लाभांश एनएमबि बैंकले आफ्नो ३०औँ वार्षिक साधारण सभा आगामी पुस २४ गते, बिहीबार बिहान १० बजे त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौँमा बोलाएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश (कुल १० प्रतिशत) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसैगरी साना किसान लघुवित्तको साधारण सभा र लाभांश त्यस्तै, साना किसान विकास लघुवित्तले आफ्नो २४औँ वार्षिक साधारण सभा आगामी पुस २५ गते, शुक्रबार बिहान ११:१५ बजे कार्की ब्यान्क्वेट, बबरमहल, काठमाडौँमा डाकेको छ । सभाले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यी दुवै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र नयाँ लेखापरीक्षक नियुक्त गर्ने लगायतका नियमित एजेन्डाहरूमाथि पनि छलफल गरी पारित गर्नेछन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै