काठमाडौँ । मुक्तिनाथ विकास बैंकको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । सोमबार नेप्सेले बैंकको १३.५३ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार बैंकको १३.५३ प्रतिशत बोनसपछिको ९५ लाख ३४ हजार ५०७ दशमलव १८ कित्ता बोनस शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।