काठमाडौँ । मर्जर प्रक्रिया सम्पन्न भएपछि ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र समाज लघुवित्त वित्तीय संस्थाको एकीकृत शेयर सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।
मर्जरपछि बनेको ‘ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’ को कुल १ करोड ५३ हजार ५०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। सूचीकरणसँगै अब मङ्गलबारदेखि दोस्रो बजारमा यसको शेयर कारोबार सुचारु हुनेछ।
ओपनिङ रेन्ज र कारोबार मूल्य नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ८०४ रुपैयाँ ९१ पैसा को प्रारम्भिक मूल्य (Opening Price) तोकेको छ । मर्जर अघि ग्रामीण विकास लघुवित्तको अन्तिम शेयर मूल्य ७८० रुपैयाँ थियो भने समाज लघुवित्तको १,८७५ रुपैयाँ ८० पैसा रहेको थियो । यी दुई संस्था १:१ को समान स्वाप रेसियो (Swap Ratio) मा मर्ज भएका हुन्।
मर्जरका मुख्य माइलस्टोनहरू:
मर्जर सम्झौता: २०८१ फागुन १७ गते।
साधारण सभाबाट पारित: २०८२ असार २८ गते।
अन्तिम स्वीकृति: राष्ट्र बैंक (असोज २३) र कम्पनी रजिष्ट्रार कार्यालय (असोज २६)।
एकीकृत कारोबार: २०८२ कात्तिक २ गतेदेखि ‘ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट।
मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय बुटवलमा रहेको छ । अब दुवै कम्पनीका शेयरधनीहरूले ‘GBLBS’ सिम्बोलबाट एकीकृत शेयरको कारोबार गर्न पाउनेछन् ।