नेप्सेमा ४ कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पुस ७ गते, सोमबार विभिन्न चार कम्पनीको शेयरमूल्य समायोजन भएको छ । यस दिन नेप्सेमा महालक्ष्मी विकास बैंक, सिंगटी हाइड्रो इनर्जी, नेपाल हाइड्रो डेभलोपर्स र नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको हो ।

नेप्सेका अनुसार महालक्ष्मी विकास बैंक, सिंगटी हाइड्रो र नेपाल लाइफ इन्स्योरेन्सको ५–५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो भने नेपाल हाइड्रो डेभलोपर्सको ९ प्रतिशत बोनस शेयर समायोजन गरेको हो ।

समायोजनपश्चात महालक्ष्मीको शेयरमूल्य ३६५ रुपैयाँ ७१ पैसा, नेपाल लाइफ इन्स्योरेन्सको ७७८ रुपैयाँ ५७ पैसा, सिंगटी हाइड्रो को २७१ रुपैयाँ ४३ पैसा र नेपाल हाइड्रो डेभलोपर्सको ६६९ रुपैयाँ ६३ पैसा कायम भएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिन अर्थात आइतबारको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो । आइतबार दोस्रो बजारमा महालक्ष्मीको शेयर प्रतिकित्ता ३८४ रुपैयाँ, नेपाल लाइफको ८१७ रुपैयाँ ५० पैसा, सिंगटीको २८५ रुपैयाँ र नेपाल हाइड्रोको ७२९ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर आज सोमबार दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै