सुपर खुदी हाइड्रोपावरले पायो आईपीओ निष्काशन अनुमति

काठमाडौँ । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज आइतबार पुस ६ गते गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।

बोर्डबाट अनुमति पाएसँगै यस कम्पनीले अब ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

यस कम्पनीले लमजुंगमा २६ मेगावाट क्षमताको अपर खुदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस कम्पनी अध्यक्ष चेतन प्रधान हुन् भने अन्य संचालकमा गणेश कार्की, बटु लामिछाने, निभिता प्रधान, र स्वतन्त्र संचालकमा दल बहादुर विष्ट रहेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै