युनियन हाइड्रोपावरले बोलायो साधारण सभा

काठमाडौँ । युनियन हाइड्रोपावर लिमिटेडले पुस २१ गते साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ८ गतेसम्म कायम शेयरधनीले कम्पनीको सभामा भाग लिन सक्ने छन् ।

कम्पनीको सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आ।व। २०८१र०८२ को वार्षिक प्रगति विवरण छलफल गरि पारित गर्ने , आ।व। २०८१र०८२ को लेखा परिक्षण प्रतिवेदन सहितको वासलात, नाफा नोक्सानरहिसाव र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने तथा कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ।व। २०८२र०८३ का लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छ।

त्यस्तै सभाले नयाँ संचालक समितिको निर्वाचन गर्ने छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै