नोक्सानीमा सुधार: आम्दानी बढेपछि नेपाल वेयरहाउजिङ्गको घाटा घट्यो

काठमाडौँ । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक (Q1) सम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीको सञ्चालन आम्दानी उल्लेख्य बढेसँगै खुद नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेर सुधार आएको छ ।

गत आर्थिक वर्षको असोज मसान्तसम्ममा २ करोड २४ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, चालू आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड १४ लाख रुपैयाँ नोक्सानीमा सीमित भएको छ ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १७५.१४ प्रतिशत र कुल आम्दानी १७५.४३ प्रतिशत बढेको छ। यद्यपि, कम्पनीको प्रत्यक्ष सञ्चालन खर्च समीक्षा अवधिमा ३३१.८६ प्रतिशत बढेको छ भने वित्तीय खर्च ४२.१० प्रतिशत घटेको छ ।

असोज मसान्तसम्ममा ६८ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ६९ पैसा ऋणात्मक रहेको छ, जबकि प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ १७ पैसा रहेको छ ।

कम्पनीको अन्य इक्विटी १८ करोड ८१ लाख रुपैयाँ ऋणात्मक रहेको विवरणमा उल्लेख छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै