शिवश्री हाइड्रोको हकप्रद बाँडफाँड सम्पन्न, ८ लाख ६५ हजार कित्ता बढी शेयर लिलाममा आउने

काठमाडौँ । शिवश्री हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको हकप्रद शेयरको बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलले असोज ३१ गते शेयर बाँडफाँड गरेको हो ।

हकप्रद बाँडफाँडको विवरण:-

कम्पनीले भदौ ११ गतेदेखि असोज २३ गतेसम्म १:१ को अनुपातमा (अर्थात, हाल कायम चुक्ता पुँजीको १०० प्रतिशतले हुन आउने) १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।

निष्काशन गरिएको कुल कित्तामध्ये रितपूर्वक आवेदन दिने शेयरधनीहरूलाई १ करोड ३८ लाख ९८ हजार १ सय ५५ कित्ता शेयर बाँडफाँड गरिएको क्यापिटलले जानकारी दिएको छ ।

८ लाख कित्ता बढी शेयर लिलाममा:

बाँडफाँडपछि बिक्री नभएको ८ लाख ६५ हजार ८ सय ४५ कित्ता शेयर अब कम्पनीले लिलाम प्रक्रियामार्फत बिक्री गर्नेछ ।

कम्पनीले हकप्रद निष्काशन प्रयोजनका लागि साउन १६ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । यसअनुसार, साउन १५ गतेसम्म कायम रहेका शेयरधनीहरूले मात्र हकप्रदमा आवेदन दिन पाएका थिए । नेपाल धितोपत्र बोर्ड (SEBON) ले कम्पनीलाई साउन ४ गते हकप्रद निष्काशनको अनुमति दिएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै