सेबोनले मुद्दती निक्षेपमा लगानी गर्न बैंकसँग माग्यो प्रस्ताव

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । यसका लागि बोर्डले वाणिज्य बैंकहरूसँग एक वर्षको ब्याजदर उल्लेख गरी पाँच दिनभित्र आवश्यक कागजातसहित सिलबन्दी प्रस्ताव पेस गर्न आह्वान गरेको छ ।

हाल बैंकिङ प्रणालीमा अत्यधिक तरलताका कारण बैंकहरूले ठूला निक्षेपहरू अस्वीकार गर्दै आएका छन् । विगत दुई वर्षदेखि बैंकहरूमा तरलता बढी भएकाले ब्याजदर पनि लगातार घटिरहेको छ । अहिले संस्थागत निक्षेपकर्ताले मुद्दती निक्षेपमा करिब २.७५% मात्रै ब्याजदर पाइरहेका छन्, जुन विगतको तुलनामा निकै कम हो ।

सेबोनको यो कदमलाई आफ्नो कोषलाई सुरक्षित रूपमा परिचालन गर्ने उपायका रूपमा लिइएको छ । यसले वाणिज्य बैंकहरूलाई ब्याजदर प्रस्तावमा थप प्रतिस्पर्धी हुन दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै