अपि इन्फ्रा लिमिटेडको साधारणसभा असोज ८ गते, पूँजी वृद्धिको प्रस्ताव

काठमाडौँ । अपि पावर लिमिटेडको सहायक कम्पनी अपि इन्फ्रा लिमिटेडले आफ्नो साधारण सभा आह्वान गरेको छ । सभा असोज ८ गते बुधबार बिहान ११ बजे कम्पनीको रजिस्टर्ड कार्यालय, ट्रेड टावरमा बस्नेछ ।

हाल ललितपुरको झम्सिखेलमा १२० करोड रुपैयाँको लगानीमा अपार्टमेन्ट निर्माण गरिरहेको यस कम्पनीको साधारणसभामा निम्न प्रस्तावहरू पेश गरिनेछन्:-

सभामा पेश हुने मुख्य प्रस्तावहरू

१. सामान्य प्रस्तावहरू:

-आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब, र नगद प्रवाह लगायतका वित्तीय विवरणहरूमाथि छलफल गरी स्वीकृत गर्ने।

-आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने।

-सञ्चालक समितिका पदाधिकारीहरूको बैठक तथा पत्रपत्रिका भत्ता अनुमोदन गर्ने।

-व्यवसाय विस्तारका लागि गरिएको जग्गा खरिदको निर्णय अनुमोदन गर्ने।

२. विशेष प्रस्तावहरू:

-कम्पनीको उद्देश्य थप गर्न र पूँजी वृद्धि गर्न प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने।

-कम्पनीको उद्देश्य थप गर्न, पूँजी वृद्धि गर्न, र बैंक तथा वित्तीय संस्थाबाट आवश्यक कर्जा लिन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै