
काठमाडौँ । माछापुच्छ्रे क्यापिटल लिमिटेड र अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेड बीच अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी सम्पूर्ण अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने, शेयरवालाहरूको लगत अद्यावधिक गर्ने लगायतका शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्न आज, २०८२ असार २२ गते सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
सम्झौता समारोहमा माछापुच्छ्रे क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडका प्रबन्ध निर्देशक वीर बहादुर घले द्वारा सम्झौता पत्रमा हस्ताक्षर गरियो।
यस सम्झौतासँगै अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य माछापुच्छ्रे क्यापिटल लिमिटेडको बागदरबार, काठमाडौंस्थित कार्यालयको तेस्रो तल्लाबाट हुनेछ।
माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो। पब्लिक लिमिटेड कम्पनीको रूपमा स्थापित यो धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनीले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, निष्कासन तथा बिक्री प्रबन्धक, शेयर रजिष्ट्रार तथा सामूहिक लगानी कोष सेवा प्रदान गर्दै आएको छ।