विकास हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौँ । विकास हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदन दिने आज (असार २२, २०८२) अन्तिम दिन रहेको छ। कम्पनीले असार १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँको ४९ प्रतिशत अर्थात् ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि ९ लाख ९ हजार १०१ कित्ता सेयर असार ५ गते नै बाँडफाँट गरिसकेको छ। कर्मचारीहरूका लागि ७० हजार ९१० कित्ता साधारण सेयर छुट्याइएको छ।

सामूहिक लगानी कोषहरूका लागि १ लाख ७७ हजार २७५ कित्ता सेयर सुरक्षित गरिएको छ। बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो।

लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै