राप्ती हाइड्रोको १००% हकप्रदमा आवेदन दिने म्याद थपियो, अन्तिम मिति असार २४ गते

काठमाडौँ । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार १० गतेदेखि निष्कासन गरेको १०० प्रतिशत (१:१ अनुपात) हकप्रद सेयरमा आवेदन दिने म्याद थप भएको छ । अब लगानीकर्ताले असार २४ गतेसम्म आवेदन दिन सक्नेछन्। यसअघि आवेदन दिने अन्तिम मिति असार २२ गते तोकिएको थियो।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँका दरले ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको थियो, सोही बमोजिम कम्पनीले हकप्रद निष्कासन गरेको छ।

हकप्रद निष्कासन प्रयोजनका लागि कम्पनीले जेठ ६ गते बुक क्लोज गरिसकेको थियो। तसर्थ, जेठ ५ गतेसम्म कायम शेयरधनीहरूले मात्रै यो हकप्रदमा आवेदन दिन पाउनेछन्।

आवेदन कम्पनीको कर्पोरेट कार्यालय त्रिपुरेश्वर र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, नक्साल, काठमाडौं मा बुझाउन सकिनेछ।

हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड २७ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्कासनपश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै