साताभर १०८.२२ अंकले बढ्यो नेप्से

काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०८.२२ अंकले बढेर २७०३.९६ विन्दुमा पुगेको छ। गत साता २५९५.७४ विन्दुमा बन्द भएको नेप्सेले यस साता निरन्तर वृद्धि हासिल गरेको हो।

यस साता सबै कारोबार दिन बजार खुला रह्यो र सबै दिन परिसूचक उकालो लाग्यो। साताभर औसत ७ अर्ब ९८ करोड रुपैयाँको कारोबार भएको थियो।

दैनिक कारोबारको अवस्था:-

आइतबार: नेप्से २६.५३ अंकले बढेर २६२२.२८ विन्दुमा पुग्यो। त्यस दिन ३२८ कम्पनीको १ करोड ६६ लाख ४३ हजार ११४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १२ करोड रुपैयाँको कारोबार भयो।

सोमबार: नेप्से ९.१९ अंकले बढेर २६३१.४८ विन्दुमा कायम भयो। ३१८ कम्पनीको १ करोड ४१ लाख ७२ हजार ५३५ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३८ करोड रुपैयाँको कारोबार भयो।

मंगलबार: नेप्से ३१.४४ अंकले बढेर २६६०.३९ विन्दुमा पुग्यो। ३०९ कम्पनीको १ करोड ५७ लाख ६४ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३ करोड रुपैयाँको कारोबार भयो।

बुधबार: नेप्से ३४.४२ अंकले बढेर २६९४.८२ विन्दुमा कायम भयो। ३१७ कम्पनीको ३ करोड १ लाख ८२ हजार ३४१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ७४ करोड रुपैयाँको कारोबार भयो।

बिहीबार: साताको अन्तिम कारोबार दिन नेप्से ९.१४ अंकले बढेर २७०३.९६ विन्दुमा पुग्यो। ३११ कम्पनीको २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६४ करोड रुपैयाँको कारोबार भयो।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै